एथ्नोलग

एथ्नोलग मुद्रण तथा अनलाइनमा वार्षिक सन्दर्भ प्रकाशन हो। यसले विश्वका जीवित भाषाहरूको तथ्याङ्क तथा अन्य जानकारी प्रदान गर्दछ। यो पहिलो पटक सन् १९५१ मा जारी गरिएको थियो र अहिले यो वार्षिक रूपमा संयुक्त राज्य अमेरिका स्थित, विश्वव्यापी इसाई गैर-लाभकारी संस्था सिल इन्टरनेशनलद्वारा प्रकाशित गरिन्छ। धार्मिक उद्देश्यका लागि भाषाहरूको अध्ययन, विकास र दस्तावेज तयार गर्नु र साक्षरता लाई बढावा दिनु हो सिलको उद्देश्य रहेको छ।[१][२]

एथ्नोलग
१७औँ संस्करणको एथ्नोलग
मालिकसिल इन्टरनेसनल, अमेरिका
युआरएलethnologue.com
व्यवसायिकहो

एथ्नोलगमा वक्ता, स्थान, उपभाषा वा भाषिका, भाषा सम्बद्धता, वर्णन गरिएका प्रत्येक भाषा र उपभाषाहरूमा बाइबलको उपलब्धता, उल्लेख गरिएको ठाउँमा भाषाको पुनरुद्धारका प्रयास आदी समावेश गरिएको छ।

एथ्नोलगको प्रकाशन सिल इन्टरनेसनले गरेको छ। यो इसाई भाषिक सेवा सङ्गठन हो र यसको प्रधान कार्यालय टेक्ससको डालसस्थित रहेको छ। यस सङ्गठनले भाषा विकासलाई सजिलो बनाउन र त्यस्ता भाषा समुदायका वक्ताहरूसँग मिलेर बाइबलका केही अंशहरू तिनीहरूको भाषामा अनुवाद गर्न अध्ययन गर्दछ।[३]

एकल भाषालाई कुन विशेषताले परिभाषित गर्छ भन्ने निर्धारण विभिन्न विद्वानहरूको समाजवाद मूल्याङ्कनमा निर्भर हुन्छ। एथ्नोलगको प्राक्कथनमा "'भाषा' के हो र कुन-कुन कुरालाई 'उपभाषा' भनेर परिभाषित गर्ने भन्ने सन्दर्भमा सबै शास्त्रविद्हरू एउटै मापदण्डमा सामेल हुँदैनन्" भनिएको छ।एथ्नोलगले सामान्य भाषिक मापदण्डहरू पालन गर्दछ, जुन मुख्यतया आपसी बौद्धिकतामा आधारित हुन्छ।[४] साझा भाषाको बौद्धिकता जटिल रहेकाले यसले प्रायः विशेषज्ञहरूले सहमति जनाएका शाब्दिक तथा व्याकरणात्मक प्रमाणहरू समावेश गरेको छ। [५]

भाषाको लागि प्राथमिक नाम छान्नु बाहेक एथ्नोलगले भाषा र यसका वक्ता, सरकार, विदेशी तथा छिमेकीहरूले प्रयोग गर्ने कुनै पनि उपभाषाहरूका लागि अन्य नामहरूको सूची प्रदान गर्दछ। साथै कुनै नामलाई आधिकारिक, राजनैतिक तवरमा सही वा आपत्तिजनक ठानिए तापनि ऐतिहासिक रूपमा सामान्यतया उल्लेख गरिएका कुनै पनि नामहरू समावेश गरिएका छन्। यसले कुनैपनि भाषाको पूर्ण ऐतिहासिक अनुसन्धान गर्न मदत गर्दछ।

१७औँ संस्करणबाट प्रकाशन आरम्भ गरेको एथ्नोलगले वार्षिक रूपमा पुस्तक प्रकाशित गर्दछ।[६]

संस्करणमितिसम्पालटिप्पणी
[७]सन् १९५१रिचर्ड एस पिटम्यान१० पृष्ठ; ४० भाषाहरू[३]
[८]सन् १९५१पिटम्यान
[९]सन् १९५२पिटम्यान
[१०]सन् १९५३पिटम्याननक्सा समावेश गर्ने पहिलो[११]
[१२]सन् १९५८पिटम्यानपुस्तकमा पहिलो संस्करण प्रकाशित
[१३]सन् १९६५पिटम्यान
[१४]सन् १९६९पिटम्यान४,४९३ भाषाहरू
[१५]1974बारबरा ग्रिम्स[१६]
[१७]1978ग्रिम्स
१०[१८]सन् १९८४ग्रिम्ससिल कोड प्रथम पटक समावेश
११[१९]सन् १९८८ग्रिम्स६,२५३ भाषाहरू[२०]
१२[२१]सन् १९९२ग्रिम्स६,६६२ भाषाहरू
१२[२२][२३]सन् १९९६ग्रिम्स६,८८३ भाषाहरू
१४[२४]सन् २०००ग्रिम्स६,८०९ भाषाहरू
१५[२५]2005रेमन्ड जि गोर्डोन जुनियर[२६]६,९१२ भाषा; आइएसओ मानक पेश; रङ सहितको नक्सा प्रदान गर्ने पहिलो[११]
१६[२७]सन् २००९एम. पल लुइस६,९०९ भाषा
१७२०१३, अद्यावधिक २०१४[२८]एम. पल लुइस, ग्यारी एफ. साइमन्स र चार्ल्स डि. फेनिङ७,१०६ जीवित भाषाहरू
१८सन् २०१५लुइस, साइमन्स र फेनिङ७,१०२ जीवित भाषाहरू; ७,४७२ जम्मा
१९सन् २०१६लुइस, साइमन्स र फेनिङ७,०९७ जीवित भाषाहरू
२०सन् २०१७साइमन्स र फेनिङ७,०९९ जीवित भाषाहरू
२१[२९]सन् २०१८साइमन्स र फेनिङ७,०९६ जीवित भाषाहरू
२२[३०]सन् २०१९एबरहार्ड, डेभिड एम, साइमन्स र फेनिङ७,१११ जीवित भाषाहरू
२३[३१]सन् २०१०एबरहार्ड, साइमन्स र फेनिङ७,११७ जीवित भाषाहरू
२४[३२]सन् २०२१एबरहार्ड, साइमन्स र फेनिङ७,१३९ जीवित भाषाहरू

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Lewis, M. Paul; Simons, Gary F. (२०१०), "Assessing Endangerment: Expanding Fishman's GIDS", Revue Roumaine de Linguistique 55 (2): 103–120। 
  2. Bickford, J. Albert; Lewis, M. Paul; Simons, Gary F. (२०१५), "Rating the vitality of sign languages", Journal of Multilingual and Multicultural Development 36 (5): 513–527, डिओआई:10.1080/01434632.2014.966827 
  3. ३.० ३.१ Erard, Michael (जुलाई १९, २००५), "How Linguists and Missionaries Share a Bible of 6,912 Languages", द न्युयोर्क टाइम्स 
  4. "Scope of denotation for language identifiers", SIL International, अन्तिम पहुँच २०१३-०६-२३ 
  5. Dixon, R. M. W. (मे २४, २०१२), Basic Linguistic Theory Volume 3: Further Grammatical Topics, Oxford University Press, पृ: ४६४, आइएसबिएन 9780199571093, अन्तिम पहुँच २०१४-०७-१३ 
  6. M Paulलुइस (फेब्रुअरी २१, २०१५), "Welcome to the 18th edition!", Ethnologue, अन्तिम पहुँच २०१५-०४-२८ 
  7. "[SIL01] 1951", ग्लोटोलग, अन्तिम पहुँच २०१४-०७-१३ [dead link]
  8. "[SIL02] 1951", ग्लोटोलग, अन्तिम पहुँच २०१४-०७-१३ 
  9. "[SIL03] 1952", ग्लोटोलग, अन्तिम पहुँच २०१४-०७-१३ 
  10. "[SIL04] 1953", ग्लोटोलग, अन्तिम पहुँच २०१४-०७-१३ 
  11. ११.० ११.१ "Pinpointing the Languages of the World with GIS", Esri, Spring २००६, अन्तिम पहुँच २०१४-०७-१३ 
  12. "[SIL05] 1958", ग्लोटोलग, अन्तिम पहुँच २०१४-०७-१३ 
  13. [SIL06] 1965, ग्लोटोलग, १९६५, अन्तिम पहुँच २०१४-०७-१३ 
  14. ग्लोटोलग 2.3, glottolog.org, १९६९, अन्तिम पहुँच २०१४-०७-१३ 
  15. ग्लोटोलग २.३, glottolog.org, सन् १९७४, अन्तिम पहुँच २०१४-०७-१३ 
  16. बारबरा F. ग्रिम्स; Richard Saunders पिटम्यान; Joseph Evans ग्रिम्स, सम्पादकहरू (१९७४), Ethnologue, Wycliffe Bible Translators, अन्तिम पहुँच २०१४-०७-१३ 
  17. ग्लोटोलग २.३, glottolog.org, सन् १९७८, अन्तिम पहुँच २०१४-०७-१३ 
  18. ग्लोटोलग २.३, glottolog.org, १९८४, अन्तिम पहुँच २०१४-०७-१३ 
  19. ग्लोटोलग २.३, glottolog.org, १९८८, अन्तिम पहुँच २०१४-०७-१३ 
  20. Ethnologue volume 11, सिल, अप्रिल २८, २००८, आइएसबिएन 9780883128251, अन्तिम पहुँच २०१४-०७-१३ 
  21. ग्लोटोलग २.३, ग्लोटोलग.org, सन् १९९२, अन्तिम पहुँच २०१४-०७-१३ 
  22. ग्लोटोलग २.३, ग्लोटोलग.org, सन् १९९६, अन्तिम पहुँच २०१४-०७-१३ 
  23. "Ethnologue, 13th edition, 1996", www.ethnologue.com, अन्तिम पहुँच १ जनवरी २०१८ 
  24. "Ethnologue Fourteenth Edition, Web Version", ethnologue.com, अन्तिम पहुँच २०१४-०७-१३ 
  25. "Ethnologue 15, Web Version", ethnologue.com, अन्तिम पहुँच २०१४-०७-१३ 
  26. Everaert 2009, पृष्ठ 61.
  27. "Ethnologue 16, Web Version", ethnologue.com, अन्तिम पहुँच २०१४-०७-१३ 
  28. "Check out the new Ethnologue", Ethnologue, अप्रिल ३०, २०१४, अन्तिम पहुँच २०१४-०७-१३ 
  29. "Ethnologue 21, Web Version", ethnologue.com, अन्तिम पहुँच २०१८-०२-२२ 
  30. "Ethnologue 22, Web Version", ethnologue.com, अन्तिम पहुँच २०१९-०२-२२ 
  31. "Ethnologue 23, Web Version", ethnologue.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०२-२३ 
  32. "Welcome to the 24th edition", Ethnologue (अङ्ग्रेजीमा), २२ फेब्रुअरी २०२१, अन्तिम पहुँच २२ फेब्रुअरी २०२१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू