किमोनो (जापानी:きもの) जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी 'टी आकारले' शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष कार्यक्रम भएको समयमा किमोनो लगाइने गरिन्छ भने हालको आधुनिक जापनको समयमा लगाइनै पर्ने पोषाकका रूपमा लिइदैँन । साधारणतया: दैनिक जीवनमा पनि किमोनो लगाइने गरिन्छ । किमोनो, विशेष रूपमा वयस्क पुरुष वा महिलाले दैनिक रूपमा लगाउने पनि गर्दछन् ।[१]

किमोनो
कान्जीमा किमोनो
जापानी नाम
खान्जी 着物
फुकोवा सिटि हलमा किमोनो पहिरनमा महिला

जापानी शब्द किमोनो अनुसार, "कि" को अर्थ लगाउनु र "मोनो" को अर्थ सामन हुने गर्दछ । यसको शाब्दिक अर्थ "लगाउने कपडा" हुन आउँदछ ।

किमोनो लगाउने शैलीमा फरक भएपनि बायाँ पट्टा (collar) दायाँ माथि पारी लगाइएको हुन्छ । किमोनो लगाउँदा यससँग 'ओबी' (पोषाकको पछाडी पट्टी बनाइने) र किमोनो लगाउनु अघि अन्डर किमोनो पनि लगाइने गरिन्छ । किमोनो सँग भिन्नै किसिमको चप्पल (जोरी वा गेटा) पनि लगाइएका हुन्छन् र फरक मोजा (टेबी) पनि लगाइन्छन् ।[२]हालको समयमा किमोनो लाई दैनिक जीवनमा लगाइने प्रयास भएका छन् र विविध प्रकारको डिजाइन पनि बनाइने गरिएका छन् ।

चिनियाँ लगाइले जापनमा कोफुन देखि हेइएन पिरेड सम्ममा ठुलो प्रभाव परेको बताइन्छ भने एक धारणा अनुसार किमोनो चिन बाटै उत्पन्न भएको मानिन्छ ।[३] हेयन पिरेड (सन् ७९४ देखि सन् ११९२) देखि, मुरोमाची काल (सन् १३३६ देखि सन् १५७३), र एडो पिरेड (सन् १६०३ देखि सन् १८६७) सम्म आइपुग्दा किमोनोमा विविध परिवर्तन हुँदै आएका छन् । अत्यन्तै, सूक्ष्म तवरले फरक तरिकालर बनाइएका किमोनोलाई कलाका रूपमा पनि हरिन्छ ।

सम्राट मेइजीको समय पश्चात् पश्चिम शैलीका लुगाहरूको प्रयोग बढी हुन थाल्यो । सन् १८७० देखि किमोनोको सट्टा पश्चिम लुगाहरू नै लगाइन थालिए । सन् १९२३ को कान्टो भूकम्पमा किमोनो लगाउने व्यक्तिहरू सजिलै लुटिन थालिए; किमोनो लगाउने व्यक्ति सजिलै दौडिन नसक्ने भए । साथै, किमोनो पुरानै तरिकाले बनाउँदा महगों हुन पुग्यो, मध्यम वर्गीय परिवारलाई किमोनो धेरै नै महँगो हुन पुग्यो । विवाहको समयमा पनि किमोनो भाँडामा लिएरै लगाउन थालियो । हालको समयमा पश्चिमी लुगा र अलिक सजिलो हुने युकाता लगाउने गरिन्छ ।

सन् २०१९, क्योटो को मेयरले आफू र आप्ना कर्मचारीहरू "किमोनो संस्कृति" लाई युनेस्को को संस्कृतिक सम्पदामा सुचिगत गर्न लागि परेका घोषणा गरेका थिए ।

नयाँ महिलाले लगाउने किमोनो अमेरिकी १०००० सम्म पर्न सक्छ । सम्पूर्ण पोषाक, भित्री पोषाक, मोजा, जुत्ता र अन्य आवश्यक सामग्री गरी अमेरिकी २०००० सम्म नाघ्न पनि सक्दछ ।

महिलाले लगाउने किमोनो

सम्पादन गर्नुहोस्
  • युकाता
  • फुरीसोडे
  • होमोङ्गी
  • इरोम्जि
  • एडो कोमोन
  • तोमेसुडे
  • सुकेसागे
  • उचीकाके
  • सिरोमुके
  • सुसोहिकि
  • जुनिहोते
परम्परागत उचिकाके किमोनो, सारस चराको बुट्टा भएको

पुरुषले लगाउने किमोनो

सम्पादन गर्नुहोस्

आवश्यक वस्तुहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Sharnoff, Lora (१९९३), Grand Sumo, Weatherhill, आइएसबिएन 0-8348-0283-X 
  2. Hanami Web – Inside Japan. All rights reserved., "What Kimono Signifies", HanamiWeb, अन्तिम पहुँच २०१२-१०-२२ 
  3. Elizabeth LaCouture, Journal of Design History, Vol. 30, Issue 3, 1 September 2017, Pages 300–314 .

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

शिल्प सामग्रीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाभानुभक्त आचार्यप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालको संविधान २०७२प्रतिनिधि सभा (नेपाल)गौतम बुद्धनेपालको भूगोलनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशनेपालनेपालको इतिहासगोपालप्रसाद रिमालनेपाली शब्दकोशसमाजसन्दुक रुइतनेपालको संविधाननेपाली भाषापशुपतिनाथ मन्दिरनेपालका प्रधानमन्त्रीहरूको सूचीजलवायु परिवर्तनराष्ट्रिय सभा (नेपाल)नेपालका जातिहरूसयौँ थुङ्गा फूलका हामीविशेष:RecentChangesमानव विकास सूचकाङ्कनेपालको सङ्घीय संसदनेपालका बैङ्कहरूको सूचीपुष्पकमल दाहालबागमती प्रदेशबाल विवाहमधेश प्रदेश