कीर्तिमानसिंह बस्न्यात

नेपालको मूलकाजी

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][२] नेपाली सेनाका कमान्डर हुन्।[३] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डेसँग काम गरेका थिए ।

श्री मूलकाजी जर्नेल
कीर्तिमान सिंह बस्न्यात
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
कार्यकाल
सन् १७९८ – सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
मृत्युसन् १७९९ [१]
अभिभावकs
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीजनरल
लडाई/युद्धहरूनेपाल –तिब्बत /चीन युद्ध (I & II)

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[४][५]

उनका छोरा इन्द्रवीरसिंह बस्न्यात थिए। बि.सं. १८५८ मा अंग्रेजसंग वाणिज्य सन्धि भएपछि इन्द्रवीरसिंह बस्न्यातलाई नेपाली राजदूतको रुपमा पटनामा राखिएको थियो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलराष्ट्रिय धान दिवसनेपाली साहित्यको इतिहासगोपालप्रसाद रिमालजङ्गबहादुर राणाउखान-टुक्कासमाजनेपालको संविधान २०७२सन्दुक रुइतनेपालपशुपतिनाथ मन्दिरनेपाली भाषाविश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशगौतम बुद्धनेपालको इतिहासलुम्बिनी प्रदेशबागमती प्रदेशबालकृष्ण समसयौँ थुङ्गा फूलका हामीनेपालका स्थानीय तहहरूप्रयोगकर्ता वार्ता:Biplab Anandमोतीराम भट्टजलवायु परिवर्तनजयपृथ्वीबहादुर सिंहविशेष:RecentChangesदोस्रो विश्व युद्धदरबार हाई स्कुलस्थानीय तह