कुशे औंसी

हिन्दू परम्परामा भाद्र महिनाको औंसीको दिन मनाइने पर्व

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्णविष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।[१]

कुशे औंसी
पिण्ड तयार गर्दै एक पुत्र
आधिकारिक नामपित्री औंसी
वैकल्पिक नामबाबुको मुख हेर्ने, गोकर्ण औंसी
अनुयायीहिन्दु
महत्त्वपित्री सम्मान
परिपालनश्राद्ध, तर्पण, दान, बाबुको सेवा
मितिभाद्र कृष्ण औंसी
कुशे औंसीको अवसरमा बागमती नदी किनारमा श्राद्ध,तर्पण,दान गरिंदै
पित्री उद्दारको कामना गर्दै बागमती नदीमा बगाइएको पिण्ड

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमाप्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसारब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमाराख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी,पीपलशालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामलेपनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाईमनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्नेगरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथाश्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिनेकाठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगतबाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।'पितृदेवोभव'भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वकरूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोकभइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमापुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामकधर्मग्रन्थमा उल्लेख छ ।

मोतीजयन्ती

माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक संघसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन् ।[२]

यो पनि हेर्नुहोस्

सम्बन्धित लेख

बुवा दिवस

सन्दर्भ सामग्रीहरू

  1. किको गहतेली, सुन्दरपुर-९, पूर्वफिमरा, मोरङ, नेपाल
  2. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल

बाह्य कडीहरू

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रिय धान दिवसभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूनेपालका प्रदेशहरूनेपालगौतम बुद्धगोपालप्रसाद रिमालसन्दुक रुइतमदन भण्डारीकान्तिपुर दैनिकपशुपतिनाथ मन्दिरनेपाली भाषानेपालको भूगोलबागमती प्रदेशलुम्बिनी प्रदेशउखान-टुक्कानेपालमा बोलिने भाषाहरूनेपालको संविधान २०७२समाजनेपाल स्काउटनेपाली शब्दकोशविशेष:RecentChangesनेपालको इतिहासजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालामोतीराम भट्टनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीभीमसेन थापाराष्ट्रिय परीक्षा बोर्डसामाजिक सञ्जाल