खगराज अधिकारी

नेपालका राजनीतिज्ञ

खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री हुन्।[२] उनी नेकपा एमालेका नेता हुन्। नेपालका केपी ओलीको मन्त्रीपरिषदमा गृहमन्त्री थिए। उनको जन्म बिसं २०१८ साल चैत २५ गते लेखनाथको बेगनासमा भएको हो। उनी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए।

खगराज अधिकारी
३औ गण्डकी प्रदेशको मुख्यमन्त्री
पद बहाली
पुस २५, २०७९
राज्य प्रमुखपृथ्वीमान गुरुङ
पूर्वाधिकारीकृष्णचन्द्र नेपाली पोखरेल
व्यक्तिगत विवरण
जन्म (1962-03-26) २६ मार्च १९६२ (उमेर ६२)[१]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

राजनैतिक यात्रा

सम्पादन गर्नुहोस्

अधिकारी २०२९ सालमा स्थानिय आनन्द ज्योति मा.बि. को स्वबियु सभापतिको रूपमा बिद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए। अधिकारीले बिद्यार्थी राजनीतिमा २०३७ सालमा केन्द्रीय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए।[स्रोत नखुलेको]। विभिन्न राजनीतिक घटना क्रममा ५ पटक सम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिब हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए।

त्यसपछि पार्टीको सचेतक, केन्द्रीय बिभागमा अनुशासन निरिक्षण, बैकल्पिक पोलिटब्युरो सदस्यको साथै गण्डकी संयोजक भई काम गरिसकेका छन्। तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण पछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हाल उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह ईन्चार्ज हुन्।[स्रोत नखुलेको] अधिकारीले राष्ट्रिय ताल संरक्षण समितिका अध्यक्ष समेत भई काम गरिसकेका छन्।

स्वास्थ्य मन्त्री

सम्पादन गर्नुहोस्

दोस्रो संबिधानसभा निर्बाचन पछि सुशील कोइरालाको नेतृत्वमा गठित सरकारमा एमालेबाट ४१ वर्षको सक्रिय राजनीतिमा कुनैपनि सरकारी लाभको पदमा नबसेका अधिकारी २५ फेब्रुअरी २०१४ मा नेपालको स्वास्थ्य र जनसङ्ख्या मन्त्रीको पद ग्रहण गरे।[स्रोत नखुलेको] स्वास्थ्यमन्त्रीका रूपमा उनी स्वास्थ्य–शिक्षाका विषयमा सतहमा आएका कतिपय सन्दर्भबारे विवादित तर्क दिएका थिए। उनी डा. गोविन्द केसीको अभियानप्रति उनी अनुदार देखिए। २०७४ सालको पुसमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘गोविन्द केसीलाई मर्न दिनुपर्ने’ तर्क अभिव्यक्त गरेपछि अधिकारी विवादमा तानिएका थिए।

तेस्रो ओली मन्त्रीपरिषदमा उनी गृहमन्त्त्त्री रहेका छन्। २०७८ असार ८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि सरकारको हेरफेर हुन नस्क्ने फैसला गरेपछि उनको नियुक्ति खारेज भएको थियो। [३]

चुनावी प्रदर्शन

सम्पादन गर्नुहोस्

अधिकारी २०५१ सालको आम निर्बाचनमा निर्बाचित भएका थिए। आम निर्वाचन , २०५६ हारेका थिए। संविधानसभा निर्वाचन, २०६४ मा निर्वाचनमा पराजीत भएका थिए। दोस्रो संबिधानसभा निर्बाचन २०७० मा भने टिकट नै पाएका थिएनन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू