गिद्धेप्रेस

गिद्धे छापाखाना अर्थात् गिद्धे प्रेस नेपालको पहिलो छापाखाना हो। यो प्रेस प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो एक वर्षे बेलायत भ्रमण सकेर नेपाल फर्कदा वि.सं १९०८ मा आफ्नो साथमा ल्याएका थिए । तत्कालीन बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरूप दिएको यो प्रेसलाई उनले थापाथली स्थित आफ्नै दरवारमा जडान गर्न लगाएका थिए। भी .एण्ड जे. फिज्जिन्स मेकर्स’ लेखिएको त्यस मेसिनको अग्रभागमा पखेटा फिजाएको गिद्धको आकृति भएकाले त्यस प्रेसलाई नेपालमा गिद्धप्रेस नामबाट चिनिएको थियो।[१] यसलाई नेपालमा गिद्धे प्रेस भनिएपनि यसको वास्तविक नाम कोलम्बियन प्रिन्टिङ प्रेस हो । सुरुमा जर्मनीका गुटेनबर्गले सुरुमा अंगुर निचोर्ने हाते मेसिनलाई सुधारेर एउटा हाते मेसिनको आविष्कार गरेका थिए । अक्षरमाथि मसी दलेर त्यसमाथि कागतको पाना राखेर माथिबाट थिचेर सिसाका अक्षरको छाप कागतमा उतार्ने उपाय अपनाएर उक्त मेसिनमा छाप्ने गरिन्थ्यो । यो हातेप्रेस त्यसैको सुधारिएको रूप हो । त्यो अमेरिकाको कोलम्बियामा बनेको थियो । [२]

नेपालमा ल्याइएको गिद्धेप्रेसको नमुना

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाप्रतिनिधि सभा निर्वाचन, २०७९भानुभक्त आचार्यनेपालको संविधान २०७२प्रतिनिधि सभा (नेपाल)सुमन पोखरेलनेपालका प्रदेशहरूSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलगोपालप्रसाद रिमाललुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीसमाजगौतम बुद्धसैन्य तालिम केन्द्रनेपालका स्थानीय तहहरूनेपालको इतिहासनेपाली भाषानेपालनेपाली शब्दकोशसयौँ थुङ्गा फूलका हामीराष्ट्रिय सभा (नेपाल)उखान-टुक्कासन्दुक रुइतपशुपतिनाथ मन्दिरनेपालको सङ्घीय संसददोस्रो विश्व युद्धविश्वेश्वरप्रसाद कोइरालासंयुक्त राष्ट्रनेपाल कानुन पत्रिकानेपालको प्रधानमन्त्रीबागमती प्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेश