ट्वान्टी२०

ट्वान्टी२० सामान्यतया टिट्वान्टी भन्ने गरिन्छ । यो क्रिकेटको त्यो स्वरूप हो जसमा दुई टिमहरूको बीचमा बढीमा २० ओभर को प्रतिस्पर्धा हुन्छ । यस खेलको सुरुवात संयुक्त अधिराज्यमा इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन् २००३ मा व्यावसायिक टिमहरू बीच खेल गराएर गरेको थियो । यस खेलले निकै कम समयमा आफ्नो स्वरूपको कारण चर्चा बटुल्न सफल भएको छ । यो खेलको समयावधि छोटो हुने भएकोले सबै वर्गको क्रिकेट प्रेमी बीच यो लोकप्रिय रहेको छ । यो खेलको एक इनिङ्ग ७०-९० मिनेटमा सकिन्छ त्यसपश्चात १०-२० मिनेटको अन्तराल पछि अर्को इनिङ्गको खेल सुरु हुन्छ जसले गर्दा यो खेल ३ घण्टा भित्र सकिन्छ ।

सन् २००५ मा खेलिएको ट्वान्टी ट्वान्टी क्रिकेट खेलको दृश्य

क्रिकेट जगतमा ज्यादै लोकप्रिय भएको हुनाले तथा नतिजा चांडै आउने हुनाले आइसिसीले यस स्वरूपमा चासो राखेर सन् २००७ मा दक्षिण अफ्रिकामा पहिलो आइसिसी पुरुष टि२० विश्वकप प्रतियोगिता गराएको थियो जसमा भारतले पाकिस्तानलाई फाइनलमा ५ रनले हराएर विश्वकप आफ्नो झोलामा हालेको थियो । [१] पाकिस्तानले सन् २००९ जितेको थियो,[२] त्यसै प्रकार इङ्ल्यान्डले सन् २०१०, र श्रीलङ्काले सन् २०१४ को प्रतियोगिता भारतलाई ६ विकेटले हराएर जितेको थियो ।


सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "India hold their nerve to win thriller", ESPNcricinfo, २४ सेप्टेम्बर २००७। 
  2. "Afridi fifty seals title for Pakistan", ESPNcricinfo, २१ जुन २००९। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges