डुबुल्कीचरा

"डुबुल्कीचरा" वा पन्डुब्बी हाँस ग्रेब प्रजातिको हाँसहरू मध्ये एक सानो सदस्य हो। यस चरालाई टाढाबाट हेर्‍यो भने सबै कालो देखिन्छ तर नजिकबाट हेर्दा खेरि यो पंक्षी हल्का सेतो देखिन्छ। यो पंक्षीको घाँटी वरिपरि खैरो धब्बाहरू हुन्छन् भने यस पंक्षीको पखेटा खैरो र हल्का कालो हुन्छ। यस पंक्षीको चुच्चेको फेदमा पहिलो रङ्गले घेरेको हुन्छ। हिउँदको समयमा यस पंक्षीले पुरानो प्वाँख हराउँदै जान्छ भने महिनापछि यसको ढाडको वरिपरि खैरो रङ्गको नयाँ प्वाँखहरू पलाउन थाल्छ। यस पंक्षीका चल्लाहरू खैरो रङ्गका हुन्छन्।

डुबुल्कीचरा
वयस्क
डुबुल्कीचरा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
T. ruficollis
वैज्ञानिक नाम
Tachybaptus ruficollis
(Pallas, 1764)
पर्याय

Podiceps ruficollis

ग्रेब प्रजातिका पंक्षी जस्तो डुबुल्कीचराले पनि पानीको छेउछाउमा बस्ने गर्छ र यो पंक्षीको जालि परेको पञ्जाका कारण पानीमा पौडिन सक्षम हुन्छ। यस चराले कहिलेकाहीँ पानी भित्र पनि सिकार गर्ने गरेको पाइन्छ। यो चरा जमिनमा राम्रोसँग हिँड्न सक्दैन।

डुबुल्कीचरा, पूर्वजगत (पहिलाको एसिया, अफ्रिका, युरोप) मा पाइएको ग्रेब प्रजातीको सबैभन्दा सानो सदस्य हो जसमा ठूला प्रजातीहरू भने दक्षिण र उत्तर अमेरिकामा बसोबास गर्ने गर्दछन्। यो चरा लम्बाइ २५–२९ सेमि (९.८४–११.४१ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई ४२ सेमि (१७.५३ इन्च) हुन्छ भने यसको तौल १६० ग्राम हुन्छ। यस प्रजातीका चराहरू पौडि खेल्न माहिर हुन्छन् र पानिमुनि हामफाल्न पनि सक्षम हुन्छन्। यसले पानी मुनि पनि सिकार गर्ने गर्दछ।

यस पंक्षि विश्व व्यापी रूपमा विशेषगरि नदि, ताल र नहरहरूमा बस्ने गर्छ। यस पंक्षि सानो भएका कारण विशेषगरी सानो माछाहरू खाने गर्छ। यस पंक्षि संयुक्त अधिराज्यमा धेरै मात्रामा पाइने गर्दछ। यस पंक्षि निकै चलाख हुन्छ भने यसलाई केही खतराको महसुस भयोभने पानी मुनि बस्ने गर्दछ।

यस पंक्षिले एकपटकमा चार देखि छ वटा अण्डा कोरल्छ जुन यसले अप्रिल महिनामा पार्ने गर्छ। यसले आफ्नो अण्डाहरू सुरक्षित राख्नका लागि पानिको सतह माथि गुण बनाउने गर्दछ।[२] अण्डाहरूबाट चल्ला निस्किए पछि चल्लाहरूलाई वयस्कहरूले ढाड पछाडि बोक्ने गर्छन् भने तिनिहरूलाई ससाना जीवहरू खुवाउँछन्। वयस्कहरूले चल्लालाई प्वाँख दिन्छन् भने उक्त प्वाँख चल्लाहरूले निल्छन् जसले गर्दा उनीहरूको पेट विभिन्न सङ्क्रमणबाट सुरक्ष दिन्छ। त्यस प्वाँखले गर्दा साना चल्लाहरूले माछा खाँदा त्यसका हड्डीले पेटमा असर गर्ने सम्भावना निकै न्यून हुन्छ।

सेटल्याण्ड र केही पश्चिमी मुलुकमा बाहेक डुबुल्कीचरा बेलायतका सबै राष्ट्र र आयरल्यान्डमा धेरै मात्रामा पाइने गरेको छ। यस पंक्षी युरोपमा दक्षिण स्केन्डोनोभिया देखि बाल्टिक राज्य र दक्षिणमा भूमध्य सागर, टर्की र इजरायल सम्म बसोबास गर्छ। यस पंक्षी अफ्रिकी मुलुकहरू लगायत भूमध्य टापु र एसियाका थुप्रै मुलुकहरू र पपुवा न्यु गीनिमा पनि पाइन्छ।

हालको अवस्था

सम्पादन गर्नुहोस्

डुबुल्कीचरालाई आइयुसीएन द्वरा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई रातो सूचीमा सूचीकृत गरिएको छ। यस पंक्षीलाई संरक्षण महत्त्वको प्रजातिको रूपमा पनि वर्गीकृत गरिएको। यस पंक्षीलाई हाल बेलायतीमा वन्यजीव र ग्रामीण इलाका अधिनियममा संरक्षण गरिएको छ।[३]

युरोपेली संरक्षण सम्बन्धको प्रजातिको रूपमा सूचीबद्ध भएपछि डुबुल्कीचरालाई संयुक्त अधिराज्यमा कसैले पनि सिकार गर्ने गरेको पाइँदैन। पानीमा बस्ने पंक्षी भएका कारण जल प्रदुषण र रसायन पदार्थका कारण यस पंक्षीहरू त्यस्ता ठाउँ हरूबाट अन्तै सर्ने गरेका छन्।

बेलायती र आयरल्यान्डमा डुबुल्कीचराको सङ्ख्या अनुमानित १०,००० जोडी रहेको छ तथापि, पंक्षीहरू एकदम गोपनीय भएका कारण वास्तविक सङ्ख्याहरू पत्ता लगाउन कठिन हुन्छ। हाल यस पंक्षीलाई विश्व व्यापी रूपमा विभिन्न सङ्घ संस्थाहरू मार्फत संरक्षण गरिएको छ।

तस्वीर सङ्ग्रह

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Tachybaptus ruficollis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. "डुबुल्कीचराको जीवन चक्र", द अर्किभ, अन्तिम पहुँच १८ माघ २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-०१ मिति
  3. "डुबुल्कीचराको जानकारी", वाइल्डलाइफट्रस्ट, १९ माघ २०७५। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाप्रतिनिधि सभा निर्वाचन, २०७९भानुभक्त आचार्यनेपालको संविधान २०७२प्रतिनिधि सभा (नेपाल)सुमन पोखरेलनेपालका प्रदेशहरूSpecial:Searchनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलगोपालप्रसाद रिमाललुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीसमाजगौतम बुद्धसैन्य तालिम केन्द्रनेपालका स्थानीय तहहरूनेपालको इतिहासनेपाली भाषानेपालनेपाली शब्दकोशसयौँ थुङ्गा फूलका हामीराष्ट्रिय सभा (नेपाल)उखान-टुक्कासन्दुक रुइतपशुपतिनाथ मन्दिरनेपालको सङ्घीय संसददोस्रो विश्व युद्धविश्वेश्वरप्रसाद कोइरालासंयुक्त राष्ट्रनेपाल कानुन पत्रिकानेपालको प्रधानमन्त्रीबागमती प्रदेशगण्डकी प्रदेशकर्णाली प्रदेश