ढाँचा:प्रमुख चित्र/जुलाई २०१४
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू ![]() नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ। नियमहरू:
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
२०१४-०७-०१विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बनेपाको दृश्य...
२०१४-०७-०२विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बागेश्वरीको दृश्य...
२०१४-०७-०३विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको घान्द्रुकबाट देखिएको दृश्य...
२०१४-०७-०४
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपूर्ण बेस क्याम्पको दृश्य...
२०१४-०७-०५विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बन्दीपुर गुफाको दृश्य...
२०१४-०७-०६विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको भोटेकोशी माथि भएको झोलुङ्गे पूलको दृश्य...
२०१४-०७-०७विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको चितवन राष्ट्रिय निकुन्जको दृश्य...
२०१४-०७-०८विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको फुलको दृश्य...
२०१४-०७-०९
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको डाँफेको दृश्य...
२०१४-०७-१०विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको धरहराको दृश्य...
२०१४-०७-११
रामेछापको सैपुको सुन्दर दृश्य...
२०१४-०७-१२
बागमती नदी नेपालको एक मुख्य नदी हो । यो नदी बागदरबारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ । टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ । चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ...
२०१४-०७-१३
सराङकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्यूटावर, चण्डीको डिल(पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहाकोट(पाराग्लाइडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन...
२०१४-०७-१४
२०१४ फिफा विश्वकप बिजेता राष्ट्र जर्मनीका खेलाडीहरू जितको खुसि मनाउदै । जित सँगै जर्मनी दक्षिण अमेरिका महादेशमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बनेको छ ।...
२०१४-०७-१५
हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो -साइनिङ क्याट)को नामले पनि चिनिन्छ किनकि शारीरिकरूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो पाण्डा नेपाल, चिन, वर्मा, भुटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ । हाल विश्वभरिमा जम्माजम्मी केवल २५०० रातो पाण्डा रहेको अनुमान गरिन्छ ।...
२०१४-०७-१६
मेलौली भगवती मन्दिर शुदुर-पश्चिमकै प्रसिद्ध मन्दिर हो ।यो मन्दिरमा विभिन्न ठाउबाट हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ । मेलौली भगवती मन्दिर बैतडी जिल्लाको मेलौली मा अवस्थित छ । यस मन्दिरमा भारत र नेपालको विभिन्न ठाउँहरुबाट भक्तजन आउने गर्दछन ।...
२०१४-०७-१७
हुड्केली नाच अथवा हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। यो सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको लोकप्रिय नाच मध्ये पर्छ । हुड्केली नाच हुड्काको तालसँग नाचीन्छ । यो नाचमा पौराणीक कथा, राजा महाराजाहरु गाथाको बर्णन र पुराना लडाईका कथाहरु समाबेश गरिन्छ ।...
२०१४-०७-१८
अशोक वृक्ष नेपाल, भारत तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने एक प्रकारको वनस्पति हो।...
२०१४-०७-१९
विराट राजाको दरवारसम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए । प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी (गुप्तचर) पठाएका थिए । जस आधारमा यसको नाम भेडियारी भएको हो भन्ने जनवश्विास छ । भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभाग (नेपाल)ले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो ।...
२०१४-०७-२०
रानीबन डडेलधुरा जिल्ला को बागबजार संगै जोडिएको एक ससामुदायिक बन हो । यो बन अमरगढी बाट हेर्दा समथल मैदान जस्तो देखिन्छ । डडेलधुरा बासीहरु उक्त बनलाइ महत्वपूर्ण बन मान्ने गर्दछन । यो बनलाइ देखिपछी जो कोहि पनि मोहित हुने गर्दछन...
२०१४-०७-२१
निङ्गलाशैनी मन्दिर बैतडी जिल्लाको देहिमाण्डौंमा अवस्थित शुदुरपश्चैमकै प्रमुख धार्मिक स्थाल अन्तर्गत पर्दछ ।यो मन्दिरमा दशैँ मा कम्तिमा पनि ८०० देखि १२०० सम्म राङ्गा तथा बोकाको बलि चढाउनु का साथै हजारौं दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ......
२०१४-०७-२२
महाकाली अञ्चल,बैतडी जिल्लाको पाटन क्षेत्रको एक दृश्य हो । यो ठाउँ सानो उपत्यका जस्तै छ जुन हेर्दा खेरी अतिनै रमरणिय देखिन्छ । त्यति मात्रै नभइ यो ठाँउ अन्नबाली उब्जनीको लागि भण्डारै मानिन्छ । यो ठाउँलाई यहाँको स्थानीय भाषामा पाटनको सेरो भन्ने गरिन्छ । यो सेरो पाटन बजार देखि पश्चिम तर्फ जम्मा दुई किलोमीटर को दुरिमा रहेको छ । यो ठाउँमा मुख्य रुपमा धान र गहुँ बढी मात्रामा फल्ने गर्दछ...
२०१४-०७-२३
महाकाली अञ्चल ,बैतडी जिल्ला ,कैलपाल गाविस अन्तर्गत गेरडा मा अवस्थित एक एक मन्दिर हो । मठैराज बाबाको मन्दिरमा जनैपुर्णिमाको दिन धुमधाम संग पुजाआजा गर्ने गरिन्छ...
२०१४-०७-२४
त्रिपुरासुन्दरी मन्दिर महाकाली अञ्चल ,बैतडी जिल्ला ,दसरथचन्द नगरपालिका मा अवस्थिति शुदुरपश्चिमकै प्रख्यात मन्दिर हो । यो मन्दिरलाई यस् क्षेत्रका बासिन्दाहरुले भगवती माता मानी पुजाआजा गर्ने गर्दछन । यो भगवती मातालाइ सात बहिनी मध्येकी एक कान्छी बहिनी मानिन्छ ।...
२०१४-०७-२५
अर्ना बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) नेपाल, भारत, भूटान, म्यानमार र थाइल्याण्डमा बचेका छन। अर्ना पाकिस्तान, बङ्गलादेश, लाओस र भियतनाम लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन्...
२०१४-०७-२६
नेपाली हरेउ नेपाल तथा भारतको केही भूभागमा पाइने हरेउको प्रजातिको बिषालु सर्प हो । नेपाली हरेउको भालेको लम्बाई ६१० मिमि र पोथीको लम्बाई ७३० मिमि हुन्छ । यसको शरीरको माथिको भाग गाढा हरियो र तल्लो पेट तर्फको भाग हल्का हरियो हुन्छ...
२०१४-०७-२७फूलबारी नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित मथुरापाटी फूलबारी गाउँ विकास समितिमा पर्ने गाउँ हो । प्राकृतिक सम्पदाले धनी यो स्थान राजधानी काठमाडौंबाट लगभग ४० किमी को दुरीमा अवस्थित छ ।...
२०१४-०७-२८
रामेश्वरम हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो तमिलनाडुको रामनाथपुरममा अवस्थित छ । यो तिर्थस्थल हिन्दूहरूको चार धामहरू मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित शिवलिंग बाह्र ज्योतिर्लिंगहरूमा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको काशीको जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ । रामेश्वरम चेन्नईदेखि लगभग चार सय पच्चिस माइल दक्षिण-पूर्वमा रहेको छ...
२०१४-०७-२९
उत्तर भारतको जम्मु कश्मीरमा रहको लदाखको मनोरम दृश्य...
२०१४-०७-३०नागपोखरी ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट महत्वपुर्ण पोखरी हो। यो पोखरी नेपालको काठमाडौं महानगरपालिका नागपोखरी, नक्साल वडां .नं १ रहेको छ। यस पोखरीको पूर्वमा सडक, पश्चिममा सडक पारि नारायणहिटी दरबार, उत्तरमा व्यापारिक भवन, दक्षिणमा सडक रहेको छ। यस पोखरीको लम्वाइ १२५' र चौडाइ ६५' छ। पोखरीको चारैतिर मनोरम बाटिका छ...
२०१४-०७-३१
गंगा नदी भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारत र बङ्गलादेशमा मिलाएर २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालय बाट लिएर बङ्गालको खाडीको सुंदरवन सम्म विशाल भू -भागलाई सींच्दछ। यो देशको प्राकृतिक संपदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो...
|