त्रिलोचन भट्ट

त्रिलोचन भट्ट नेपालको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता हुन्। यिनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम वि.सं. २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।[१][२]

त्रिलोचन भट्ट
त्रिलोचन भट्ट
सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्री
कार्यकाल
वि.सं. २०७४ फागुन ४ – वि.सं. २०७९ पुस २८
राज्य प्रमुखमोहनराज मल्ल
शर्मिला कुमारी पन्त
गङ्गाप्रसाद यादव
देवराज जोशी
पूर्वाधिकारीपद निर्मित
उतराधिकारीराजेन्द्रसिंह रावल
निर्वाचन क्षेत्रडोटी १ख
व्यक्तिगत विवरण
जन्म (1969-05-20) २० मे १९६९ (उमेर ५५)
केआइसिं गाउँपालिका, डोटी जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)

त्रिलोचन भट्टको जन्म वि.सं. २०२६ जेठ ७ गते नेपालको डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर ८ फलेडीमा भएको थियो। उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन्। न्युन आयस्रोत भएको परिवारमा जन्मेका त्रिलोचनले गरीबीकै कारण ८ कक्षाको अध्ययन छोडेर १४ वर्षको उमेरमै कामको खोजीमा भारत गएका थिए। उनी मुम्बईको एक जापानी कम्पनीमा चौकिदार भएर काम गरेका थिए। प्रवास कालमैं उनले वि.सं. २०४७ सालमा अखिल भारत नेपाली एकता समाजको सदस्यबाट राजनीति आरम्भ गरेका थिए।[१] भट्ट वि.सं. २०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन्। बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र शाहीलाई २७०० मतान्तरले पराजित गर्दै विजयी भएर पहिलो मुख्यमन्त्री बन्न सफल भएका थिए।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "मुख्यमन्त्री भट्टको शनिबार सपथ", कान्तिपुर, फाल्गुन ४, २०७४, अन्तिम पहुँच ८ जुन २०१८ 
  2. "त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री नियुक्त", अनलाइन खबर, फागुन ३, २०७४, अन्तिम पहुँच ८ जुन २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाराष्ट्रियकरणSpecial:Searchभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूपृथ्वीनारायण शाहनेपालको भूगोलराष्ट्रिय धान दिवसनेपाली साहित्यको इतिहासगोपालप्रसाद रिमालजङ्गबहादुर राणाउखान-टुक्कासमाजनेपालको संविधान २०७२सन्दुक रुइतनेपालपशुपतिनाथ मन्दिरनेपाली भाषाविश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशगौतम बुद्धनेपालको इतिहासलुम्बिनी प्रदेशबागमती प्रदेशबालकृष्ण समसयौँ थुङ्गा फूलका हामीनेपालका स्थानीय तहहरूप्रयोगकर्ता वार्ता:Biplab Anandमोतीराम भट्टजलवायु परिवर्तनजयपृथ्वीबहादुर सिंहविशेष:RecentChangesदोस्रो विश्व युद्धदरबार हाई स्कुलस्थानीय तह