विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स (WLM) अर्थात विकीले धरोहरहरूलाई माया गर्छ प्रत्येक वर्षको सेप्टेम्बर महिनामा विकिपिडिया समुदायका सदस्यहरूले विश्वव्यापी रूपमा आयोजना गर्ने फोटो प्रतियोगिता हो । यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका ऐतिहासिक धरोहरहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्छन् । सहभागी देशहरूका धरोहरहरूलाई उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । पहिलो विकी लभ्स मोन्युमेन्ट्स प्रतिस्पर्धा पायलट परियोजनाको रूपमा नेदरल्यान्डमा सन् २०१० मा आयोजना गरिएको थियो । अर्को वर्ष यो प्रतियोगिता युरोपको अन्य देशहरूमा फैलियो, गिनिज बुक अफ वर्ल्ड रेकर्डसको अनुसार सन् २०११ को विकी लभ्स मन्युमेन्ट संस्करणले सबैभन्दा ठूलो फोटोग्राफी प्रतियोगिताको रेकर्डलाई तोड्यो भनेर पुष्टि गरेको थियो ।[१] सन् २०१२ को प्रतियोगितामा लगभग ३,५०,००० भन्दा बढी ऐतिहासिक स्मारकहरूको फोटो १५,००० सहभागीहरू द्वारा अपलोड गरिएको थियो ।[२] सन् २०१३ को विकी लभ्स मन्युमेन्ट प्रतिस्पर्धामा अन्टार्कटिका सहित छ वटा महादेशमा आयोजित गरियो जसमा संसारभरिका पचास भन्दा बढी देशका सरकारी सहभागिता रहेको थियो ।

विकी लभ्स मोन्युमेन्ट्स
विकि लभ्स मोन्युमेन्ट्सको आधिकारिक लोगो
बिकि लभ्स मोन्युमेन्ट्समा भाग लिएका राष्ट्रहरु २०१०-२०१८
आरम्भसेप्टेम्बर १
समाप्तिसेप्टेम्बर ३०
सक्रिय वर्ष
उद्घाटन२०१०
हालैको२०१९
पछिल्लो संस्करणविकिपिडिया:विकी लभ्स मोन्युमेन्ट्स २०१८ (नेपाल)
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन
वेबसाइटविकी लभ्स मोन्युमेन्ट्स

प्रतियोगिताको नियमहरू

सम्पादन गर्नुहोस्

विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगितामा भाग लिने राष्ट्र तथा फोटोग्राफर दुवैको लागि नियमहरू एकदमै सरल रहेको छ । विकी लभ्स मोन्युमेन्ट्स फोटो प्रतियोगितामा विभिन्न पुरातात्विक धरोहर स्थलहरूको तस्वीर खिचेर भाग लिन सकिन्छ । कुनै देशको पुरातत्व विभागले धरोहरस्थल घोषित गरेका धरोहरका तस्वीरहरू प्रतियोगितामा सामेल गर्ने गरिन्छ । सहभागीले फोटो सिधै विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन । सहभागीले यदि पहिले देखि आफ्नो खाता बनाएको छ भने त्यस खाताबाट फोटो अपलोड गर्न सक्छ यदि खाता बनाएको छैन भने खाता बानाउनु आवश्यक हुन्छ किनभने खाता नभइकन फोटो अपलोड हुदैन । यस प्रतियोगितामा जहिलेसुकै खिचेका तस्वीर पनि अपलोड गर्न मिल्छ विशेष गरी पुराना तस्वीरहरू महत्त्वपूर्ण हुनछन् । फोटो सेप्टेम्बर महिना भरी अपलोड गर्न मिल्छ र फोटोहरू लाईसेन्स मुक्त तथा CC-by-SA ३.० को मातहतमा हुनुपर्दछ ।

विकी लभ्स मोन्युमेन्ट्स अन्तर्राष्ट्रिय प्रतियोगिता बिजेताहरूको सूची निम्नानुसार रहेको छ :-

वर्षफोटोग्राफरदेशविवरणफोटो
२०१०Rudolphous नेदरल्यान्डभिजेलस्ट्राट ३१ एम्स्टरड्याम
२०११Mihai Petre रोमानियाबुखारेस्टमा रहेको चिनाजा मठ
२०१२Pranav Singh भारतसफदरगंजमा रहेको चिहान,नयाँ दिल्ली (भारत)
२०१३David Gubler स्वीट्जरल्याण्डस्वीट्जरल्याण्डको विसेन र फिलिसरको बीच ट्रेन जाँदै
२०१४

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Guinness World Records, Largest photography competition, 2012.
  2. Eglash, Ruth (२८ अगस्ट २०१२), "Hundreds of cultural sites to be visually documented during "Wiki Loves Monuments event."", Jerusalem Post, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१२ 

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतभानुभक्त आचार्यSpecial:Searchपृथ्वीनारायण शाहगोपालप्रसाद रिमाललागु पदार्थनेपालका राष्ट्रिय विभूतिहरूगौतम बुद्धपशुपतिनाथ मन्दिरनेपालका प्रदेशहरूमोतीराम भट्टनेपालको संविधान २०७२विश्वेश्वरप्रसाद कोइरालानेपाली शब्दकोशनेपाली भाषाराष्ट्रिय धान दिवसनेपालका बैङ्कहरूको सूचीनेपालका स्थानीय तहहरूउखान-टुक्काबागमती प्रदेशपारिजात (साहित्यकार)लुम्बिनी प्रदेशभीमसेन थापानेपालमदन भण्डारीनेपालको भूगोलअरनिकोमदर टेरेसानेपाल स्काउटजयपृथ्वीबहादुर सिंहसत्यमोहन जोशीसमाजझमक घिमिरेनेपालको इतिहासनेपालका जातिहरू