सुमेरी भाषा

सुमेरी ( 𒅴𒂠 Emegir "मातृभाषा",अनुमानित लिप्यन्तरण: "एमेङिर") प्राचीन सुमेरको भाषा हो। यो भाषा वियोजक हो भन्ने भाषाविज्ञहरुको धारणा छ। यो भाषा प्राचिन मेसोपोटामिया (वर्तमानको इराकमा) बोलिन्थ्यो।

सुमेरी
𒅴𒂠
Emeg̃ir
मूलभाषीसुमेर
क्षेत्रमेसोपोटामिया (आधुनिक समय इराक)
मातृभाषी वक्ता
भाषा सङ्केतहरू
आइएसओ ६३९-३
ग्लोटोलगsume1241[१]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

तैपनि, सुमेरीले यस क्षेत्रका भाषाहरूमा महत्वपूर्ण प्रभाव पारेको थियो। सुमेरीका लागि मूल रूपमा प्रयोग गरिएको कीलाक्षर लिपिलाई धेरै क्षेत्रीय भाषाहरूले व्यापक रूपमा अपनाएका थिए, जस्तै अक्कादी, एलामी, एब्लाई, हित्ती, हुर्री, लुवियाली र उरार्ती ; यसले प्राचीन फारसी वर्णमालालाई पनि प्रेरित गर्‍यो जुन नामाङ्कित भाषा लेख्न प्रयोग गरिएको थियो। यो प्रभाव सायद सबैभन्दा बढी अक्कादीमा परेको थियो, एक सेमिती भाषा, जसको व्याकरण र शब्दावलीमा सुमेरियनको महत्वपूर्ण प्रभाव परेको थियो।

अक्कादी भाषाले २००० ईसापूर्व वरिपरिको समयमा (सही मिति बहसजनक छ) बिस्तारै त्यस क्षेत्रमा बोलिने भाषाको रूपमा सुमेरीलाई प्रतिस्थापन गर्न थाल्यो । यद्यपि, पहिलो शताब्दीसम्म सुमेरी भाषालाई अक्कादी-भाषी मेसोपोटामियाली राज्यहरू जस्तै एसेरिया र बेबिलोनियामा पवित्र, औपचारिक, साहित्यिक र वैज्ञानिक भाषाको रूपमा प्रयोग भइरहयो ।

सुमेरी एक पश्चिम एसियाली भाषा वियोजक हो भन्ने मान्यता छ। एक समयमा सुमेरीलाई एक भारोपेली भाषा मानिन्थ्यो, तर पछि यो विचार लगभग सर्वसाधारण रूपमा अस्वीकृत हुन पुग्यो। यस भाषाको व्याख्यापछि, यसलाई विभिन्न भाषाहरूसँग सम्बन्धित गर्न धेरै प्रयासहरू भएका छन्। यो पहिलो लेखित भाषा भएकोले, यसलाई विशेष प्रतिष्ठा प्राप्त भएको कारणले, भाषागत नाताको प्रस्तावहरूले कहिलेकाहीँ राष्ट्रियतावादी रुप लिएर, सुमेरी लाई विभिन्न भाषापरिवार जस्तै अष्ट्रोएसियाली, द्रविड , युरालिक, र तिब्बर्मेली जस्ता भाषापरिवारसँग जोड्ने प्रयासहरू गरेका छन्। तुर्केली राष्ट्रियतावादीहरूले सुमेरीलाई तुर्की भाषा भनेर दाबी गरेका छन।  यस्ता प्रस्तावहरू आधुनिक भाषाविद्, सुमेरविद् र असीरिविद्हरूको बीचमा लगभग कुनै समर्थन प्राप्त गर्दैनन् र सामान्यतया कपोलकल्पित सिद्धान्तका रूपमा देखिन्छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "सुमेरी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
🔥 Top keywords: मुख्य पृष्ठराष्ट्रिय धान दिवसविशेष:Searchनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटामदन भण्डारीSpecial:Searchपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली भाषानेपालका प्रदेशहरूनेवारी भाषानेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशसन्दुक रुइतनेपालको भूगोलनेपालनेपालको संविधान २०७२नेपाली शब्दकोशगौतम बुद्धबागमती प्रदेशनेपालको इतिहासपारिजात (साहित्यकार)नेपालका स्थानीय तहहरूविशेष:RecentChangesनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपाल प्रहरीदोस्रो विश्व युद्धउखान-टुक्काभीमसेन थापानेपालका जातिहरूनेपाल कानुन पत्रिकानेपालका प्रधानमन्त्रीहरूको सूचीविश्वेश्वरप्रसाद कोइरालासयौँ थुङ्गा फूलका हामीगोपालप्रसाद रिमालजयपृथ्वीबहादुर सिंहनेपालमा बोलिने भाषाहरू